विहादी गाउँपालिका Ffs TmCcP12n 5 Nn
| विहादी Bihadi |
|
|---|---|
| — गाउँपालिका — | |
विहादी |
|
| निर्देशाङ्क (बाहाकी ठाँटी): २८°०१′उत्तर ८३°२१′पूर्व / २८.०२° उत्तर ८३.३५° पूर्वनिर्देशाङ्क: २८°०१′उत्तर ८३°२१′पूर्व / २८.०२° उत्तर ८३.३५° पूर्व | |
| देश | |
| प्रदेश | प्रदेश नं. ४ |
| जिल्ला | पर्वत जिल्ला |
| स्थापना | २७ फाल्गुण २०७३ |
| सरकार | |
| - प्रकार | स्थानीय सरकार |
| - अङ्ग | गाउँ कार्यपालिका |
| - अध्यक्ष | कमल प्रसाद भुषाल (एमाले) |
| - उपाध्यक्ष | डम्वरकुमारी गुरुङ (एमाले) |
| - कार्यकारी | कृष्णप्रसाद पौडेल |
| क्षेत्रफल | |
| - जम्मा | ४४.८० किमी२ (१७.३ वर्ग मी) |
| जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८) | |
| - जम्मा | १३,४०३ |
| - जनघनत्व | २९९.२/किमी२ (७७४.९/वर्ग मी) |
| समय क्षेत्र | नेपालको प्रमाणिक समय (युटिसी+५:४५) |
| टेलिफोन कोड | +९७७-६७ |
| केन्द्र | साविकको बाहाकी ठाँटी गाविसको कार्यालय |
विहादी गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो ।[१][२] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका बाच्छा, बर्राचौर, रानीपानी, बाहाकी ठाँटी, उरामपोखरा र शालिग्राम गाउँ विकास समितिहरूलाई समेटेर विहादी गाउँपालिका बनाइएको हो ।[३] विहादी गाउँपालिकाको कूल जनसङ्ख्या १३,४०३ रहेको छ । यसको क्षेत्रफल ४४.८० वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको बाहाकी ठाँटी गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा महाशिला र पैयूं गाउँपालिका, पश्चिममा बागलुङ र गुल्मी जिल्ला, उत्तरमा फलेवास नगरपालिका र बागलुङ जिल्ला तथा दक्षिणमा स्याङ्जा र गुल्मी जिल्लासम्म फैलिएको छ ।[४]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
- जिल्ला समन्वय समितिको कार्यालय, पर्वत, नेपाल
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
| ||||||||||||||||||